विगत २९ वर्षदेखि निरन्तर गुणस्तरिय प्राविधिक शिक्षा प्रदान गरिरहेको यस जनशक्ति विकाश तथा अनुसन्धान संस्थान, बबरमहल, काठमाण्डौमा शैक्षिक शत्र २०८१ को लागि स्वास्थ्य विषय तर्फ ३ वर्षे डिप्लोमा तहका कार्यक्रमहरु हेल्थ असिष्टेन्ट, ल्याव. टेक्निसियन र फिजीयो थेरापि सहायक विषयमा भर्ना खुल्यो । SEE मा कम्तिमा GPA २.० प्राप्त गरि उतिर्ण ईच्छुक विद्यार्थीहरुले यहि २०८१ श्रावण १३ गते कार्यालय समय भित्र आवेदन दिनु होला ।

छात्रवृत्ति सम्वन्धि जानाकारि :
क ) सिटिईभिटि छात्रवृत्ति – सिटिईभिटिको नियम अनुसार हरेक विषयमा १० प्रतिशत छात्रवृत्ति सिटहरु उपलब्ध छन । लक्षित वर्ग छात्रवृत्ति तर्फ हेल्थ असिष्टेन्ट तथा फिजियोथेरापि विषयमा ३,३ सिट र ल्याव. टेक्निसियन विषयमा २ सिट तथा जेहेन्दार ( प्रवेश परिक्षामा सर्वोत्कृष्ट हुने ) विद्यार्थिकालागि सवै कार्यक्रमहरुमा १,१ सिट छुट्टाईएको छ ।
ख ) कलेजबाट प्रदान गरिने छात्रवृत्तिहरु
- प्रवेश परिक्षाको आवेदन संगै छात्रवृत्तिको लागि निवेदन दिने हरेक जेहेन्दार विद्यार्थीहरु ( SEE मा A+ ग्रेड प्राप्त गरेका विद्यार्थीहरु) शिक्षण शुल्कको २० प्रतिशत सम्म छात्रवृत्ति प्राप्त गर्न सक्ने छन ।
- प्रवेश परिक्षाको आवेदन संगै छात्रवृत्तिको लागि निवेदन दिने गरिव तथा जेहेन्दार विद्यार्थीहरु ( SEE मा A, B, ग्रेड प्राप्त गरेका विपन्न वर्गका विद्यार्थीहरु) ले आफुले अध्ययन गरेको विद्यालय वा गाँउ ÷ नगर पालिका वा वडाको विपन्न वर्गको सिफारिसको आधारमा शिक्षण शुल्कको २० प्रतिशत सम्म छात्रवृत्ति प्राप्त गर्न सक्ने छन ।
- प्रवेश परिक्षाको आवेदन संगै छात्रवृत्तिको लागि निवेदन दिने लक्षित वर्गका विद्यार्थीहरु ( SEE C ग्रेड प्राप्त गरेका विपन्न वर्गका विद्यार्थीहरु) ले आफुले सिटिईभिटिको भर्ना निर्देशिका २०८१ अनुसार लक्षित वर्गको प्रमाण पेश गरेको आधारमा शिक्षण शुल्कको २० प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्ने छन ।
- कुनै सरकारि वा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारि संस्था संगको सम्झौता / सिफारिस वा आफु कार्यरत रहेको स्वास्थ्य सेवा प्रदायक संस्था वा भविश्यमा सो संस्थामा कार्य गर्ने सम्झौता / सहमतिको आधारमा शिक्षालयमा भर्ना हुने विद्यार्थीहरुको हकमा संचालक समितिको निर्णय अनुसार ५० देखि १०० प्रतिशत सम्म छात्रवृत्ति उपलब्ध गराईने छ ।
विस्तृत जानाकारिका लागि
सम्पर्क नं. ०१-५३२३७६१
मोवाईल नं. ९८५११७७६१९, ९८५७६२१३१४
CTEVT को पुर्णशुल्कमाभर्ना सम्वन्धि सुचना २०८१
CTEVT छात्रवृत्तिमाभर्ना सम्वन्धि सुचना २०८१
CTEVT छात्रवृत्तिमा अनलाईन आवेदनफारम भर्ने सम्वन्धि जानाकारि २०८१